0
विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्याण्ड्स गएको नेपाली टोलीले ए टिमसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल र नेदरल्याण्ड ए टिमबीच बिहीबार खेल तय भएको छ । नेपाल टोली शनिबार नै त्यसतर्फ गइसकेको छ । खेल ५० ओभरको हुने नेपाल क्रिकेट संघ क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाले जानकारी दिए ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेदरल्याण्ड्सको खेल अागामी शनिबार र सोमबार हुनेछ ।

Post a Comment

 
Top