
रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिगाए भने पोर्चुगलले हालै मात्र युरो कपको उपाधि जितेको छ ।
मेस्सीले बार्सिलोनाबाट ला लिगा जिते भने अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्याएपनि उपाधि जित्न चुके । उनले पेनाल्टी मिस गरेका थिए ।
मेस्सीले बार्सिलोनाबाट ला लिगा जिते भने अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्याएपनि उपाधि जित्न चुके । उनले पेनाल्टी मिस गरेका थिए ।
गत वर्ष बालोन डि’ओरको मनोनयनको अन्तिम तीनमा परेका नेयमारले भनेका छन्, उपाधि जित्नुले बालोन डि’ओरको दौडमा महत्वपूर्ण भूमिका खेल्छ ।’
उनले अघि भने, रोनाल्डोले च्याम्पियन्स लिग जिते र अहले युरो २०१६ पनि । मलाई लाग्छ उनी – बालोन डि’ओरको दौडमा) राम्रो अवस्थामा छन् ।’
रोनाल्डोले २००८ का साथै २०१३ र २०१४ मा बालोन डि’ओर जितेका थिए । तर, २०१५ मा मेस्सीले उपाधि जिते । मेस्सीले अहिलेसम्म लगातार चार पटकसहित पाँच पटक बालोन डि’ओर जितेका छन् ।
Source: onlinekhabar.com
Post a Comment