
प्रतियोगिता आयोजक नेपाल भेट्रान्स टेबलटेनिस संघका उपाध्यक्ष एवं आयोजक समितिका अध्यक्ष नवीनबहादुर शाक्यले सोको जानकारी गराए ।
नेपालबाट २४ खेलाडी सहभागी हुनेछन् । त्यस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान र भारतबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता साउन ८ गतेदेखि सुरु हुँदैछ ।
आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष/महिला टिम तथा ४० र ५० वर्षमाथि पुरुष/महिला सिंगल्स खेल हुने बताइएको छ । क्वाटरफाइनलसम्मका खेल ‘वेस्ट अफ फाइभ’ तथा सेमिफाइनल र फाइनल ‘बेस्ट अफ सेभेन’ का आधारमा खेलाइनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न २० निर्णायक खटिने आयोजकले जनाएको छ ।
Source: onlinekhabar.com
Post a Comment