0
विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको बाबजुत आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा विभागले २ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँ राजश्व असुली गरेको छ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो । सरकारले विभागलाई समिक्षा अवधिमा १ खर्ब ९४ अर्ब ६७ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य दिएको थियो ।
विभागले आव २०७२/७३ मा आयकर १ खर्ब १७ अर्ब १३ करोड रुपैयाँ असुली गरेको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर ४९ अर्ब ८२ करोड ३५ लाख, अन्तःशुल्क ३६ अर्ब १९ करोड ३१ लख, शिक्षा सेवा शुल्क ७२ करोड ७ लाख, स्वास्थ्य सेवा शुल्क ५६ करोड ६८ लाख असुली गर्न विभाग सफल भएको छ ।

Post a Comment

 
Top