0
नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयर अवार्डबाट सम्मानित भएको छ ।
पल्सर स्पोर्टस अवार्डमा नेपाली फुटबल टोलीलार्इ यो सम्मान प्रदान गरिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको थियो ।
नेपाली टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं सागमा फुटबलबाट स्वर्ण जितेको थियो ।
यसअघिको संस्करणमा नेपाली क्रिकेट टिमले यस्तो सम्मान पाएको थियो । जतिबेला नेपाली क्रिकेटले ऐतिहासिक प्रदर्शन गर्दै ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागीता जनाएको थियो ।
यस्तै स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ । एन्फाका कार्यबाहक अध्यक्ष श्रेष्ठको केही समय पहिले निधन भएको थियो ।

Post a Comment

 
Top