सेयरबजारले यो साता पनि ओरालो बाटो समातेको छ । अघिल्लो साताबाटै ओराालो लाग्न थालको सेयर बजार साताको पहिलो दिन आइतबार पनि उकालो लाग्न सकेन ।
नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बनेपछि बजार सुधि्रन सकेको छैन । कारोबार सुरु भएपछि ३५ अंकसम्मले सुधि्रएपनि नेप्से बन्द हुने समयमा भने ३ अंकले तल झर्यो ।
अघिल्लो सातामा ९४ अंकले झरेको बजार परिसूचक सातको पहिलो दिन ३.८८ अंकले रातो भयो । आज बजार परिसूचक १७ सय ६४ मा आइपुगेको छ ।
बैंकिङ, हाइड्रोपावर, बीमा, र उत्पादनमूलक समूहको सूचक रातो रह्यो भने होटल, विकास बैंक, वित्त र टेलिकम सूचीकृत अन्य समूहको कारोबार सुधि्रयो ।
बैंकिङ सूमहको सूचक ७, उत्पादनमूलक ८१ र बीमा समूहको सूचक ५८ अकंले ओरालो लाग्यो । होटल समूहको सूचक ४ र विकास बैंको सूचक ३ अंकले सुधार हुँदा अन्य समूह १७ अंकमा हरियो भयो ।
दिभरमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको २१ लाख १६ हजार कित्ता सेयर कारोबार भयो । बजारमा लगानी भएको कालोधनको छानविन गर्न समिति बनेपछि बजार ओरालो बाटोमा देखिएको विश्लेषण विज्ञको छ । यस्तै नयाँ सरकार प्रति लगानीकर्ता आश्वस्त हुन नसकेकाले बजार ओरालो लागेको कतिपय बताउँछन् ।
Source: onlinekhabar.com
Post a Comment