
यसअघि भारतका लागि कल महशुल करबाहेक २.९९ रुपैयाँ प्रतिमिनेट थियो । इन्डिया कलिङ योजना यहि बुधबारदेखि तीन महिनाका लागि लागु हुने बताइएको छ।
ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्ने कम्प्नीले बताएको छ । साथै ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् ।
भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यस्तै, थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् ।
‘यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउने छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरिय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घता अनुरुप ल्याएको एनसेलको दाबी छ । ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निःशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन् ।
योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन् ।
Source: onlinekhabar.com
Post a Comment