
अखिल नेपाल सेक्युरिटी मजदुर संघको अगुवाईमा टेलिकममा कार्यरत १ सय ५५ जना सेक्यूरिटी गार्डहरुले राज्यले तोकेको न्यूनतम ज्याला ९ हजार ७ सय लागू गर्नको लागि पटक-पटक पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको संघका अध्यक्ष शान्ति बमले जानकारी दिईन ।
नेपाल टेलिकम मध्यपिश्चम क्षेत्रीय कार्यालय नेपालगन्ज अन्तरगतका कार्यालयहरुमा रिसर्च सेक्युरिटी सर्भिसेज प्रालिले सुरक्षा गार्ड उपलब्ध गराएको छ । ‘सरकारले नै बनाएको नीति सरकारले नै कार्यान्वयन नगरे कसले हो कार्यान्वयन गरिदिने’-अध्यक्ष बमले भनिन्-‘राज्यले नीति बनाई सकेपछि सबै क्षेत्रमा लागु गर्नु पर्छ ।’
अखिल नेपाल टे्रड युनियन महासंघका केन्द्रीय सदस्य बसन्त मल्लले सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा गार्डलाई कम वेतन दिने र कार्यालय प्रमुखले कार्यालयमा झाडुपोछादेखि खाना बनाउनसम्म लगाउने गरेको पाईएको छ । ‘अति नै श्रम शोषण र राज्यको निकायले राज्यकै नियम मान्दैन भने आन्दोलनको विकल्प नदेखेर आन्दोलित हुनु परेको हो ‘-उनले भने ।
उनले आफुहरुले गर्ने आन्दोलन पूर्ण शान्तिपूर्ण रहने कोण सभा, कालो पट्टी बाँधेर काममा जाने, पोषाक नलगाई डिउटीमा खटिने, कार्यालयमा धर्ना दिने र अन्तिममा ताला बन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम तय भएको जानकारी दिए ।
कोहलपुर कार्यालयमा कार्यरत अम्बरबहादुर बुढाले दुई-तीन वर्षमा एकजोर ड्रेस दिने जुत्ता नदिने अनि डिउटीमा बस्दा ड्रेस र जुत्ता नमिलेको भन्दै हप्काउने दप्काउने गर्ने गरेको बताए ।
कोहलपुर कार्यालयमा कार्यरत अम्बरबहादुर बुढाले दुई-तीन वर्षमा एकजोर ड्रेस दिने जुत्ता नदिने अनि डिउटीमा बस्दा ड्रेस र जुत्ता नमिलेको भन्दै हप्काउने दप्काउने गर्ने गरेको बताए ।
नेपालगन्जमा कार्यरत जग बहादुर थापाले सरकारले तोकेको न्यूनतम ज्याला भन्दा निक्कै कम ५ हजार ५ सय देखि ७ हजार ८ सय ३० सम्म दिने गरेको तर, त्यो पनि नियमित नपाउदा आफूहरु दोहोरो मर्कामा परेको बताए ।
अखिल नेपाल सेक्यूरिटी मजदुर संघ, नेपाल टेलिकम मुल ईकाइ समितिले सरकारले राजपत्रमा उल्लेख गरेको तलवमान लागू गराउन, नियुक्ति पत्र दिनुपर्ने, सार्वजनिक विदा कार्यान्वयन गराउन, मौसम अनुसारको पोषाक र जुत्ता उपलब्ध गराउन, २४ घण्टे दुर्घटना विमा लागू गराउन, सामाजिक सुरक्षा लागु गराउन, दशै भत्ताको व्यवस्था गराउन लगायतका विभिन्न ९ बुँदे माग अघि सारेर चरणबद्ध अन्दोलनको घोषणा गरेको छ ।
Source: onlinekhabar.com/
Post a Comment