0
यशराज ब्यानरको निर्माण र बलिउडका सफल नायक सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । यो चलचित्रले वुधबार भारतमा ३६.५४ करोडको व्यापार गरेको छ ।
समिक्षक तरण आर्दशले यो कुराको पुष्टी ट्विटरबाट गरेका छन् । हालसम्म यो बर्ष रिलिज भएका चलचित्रमध्ये यो सबैभन्दा उच्च व्यापार हो । नायक साहरुख खान अभिनित चलचित्र ‘फ्यान’ले १९.२० करोडको व्यापार गरेको थियो ।
वुधबार चलचित्रले ४० करोड माथिको व्यापार गर्ने अनुमान गरिएको थियो । तर, चलचित्रले बम्पर ओपनिङ गरेपनि रेकर्ड भने तोड्न सकेन । आजसम्म इदमा रिलिज भएका चलचित्रमध्ये यो सबैभन्दा धेरै हो । साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले ३३.१२ करोड व्यापार गरेको थियो, जुन रेकर्डलाई सलमानको ‘सुल्तान’ले तोडेको छ ।
सलमान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’ले गत तिहारमा ४०.३५ करोड व्यापार गरेको थियो । आजसम्म बलिउड बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रुपमा साहरुख खान अभिनित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ छ । जसले बक्स अफिसमा ४४.६५ करोडको व्यापार गरेको थियो ।
यो रेकर्डलाई सलमानको ‘सुल्तान’ले तोड्ने आँकलन धेरैले गरेका थिए । वुधबार भारतका थुप्रै राज्यमा बिदा थियो । आज भने इद परेकाले भारतभर बिदा छ । यसैले पनि आज व्यापारमा वुधबारको जस्तै समानता देखिने अड्कल काटिएको छ । अनुष्का शर्मा र सलमान खान अभिनित यो चलचित्रले समिक्षकको राम्रै प्रशंसा पाएको छ ।

Post a Comment

 
Top