प्रधानमन्त्रीले माओवादीले छाडेका ८ वटै मन्त्रालयको जिम्मेवारी आफूसमेत अन्य मन्त्रीलाई तोकेका हुन् । प्रधानमन्त्रीले संविधानको धारा २९८ बमोजिम मन्त्रीहरुलाई थप कार्यभार दिएका हुन् ।
मन्त्रीहरुलाई थप कार्यभार दिएको पत्र बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ ।
प्रधानमन्त्री आफैंले सामान्य प्रशासन मन्त्रालयको थप कार्यभार हेरेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, उपप्रधानमन्त्री भीम रावललाई गृह, विष्णु पौडेललाई ऊर्जा, दीपक बोहोरालाई आपूर्ति, अग्निप्रसाद खरेललाई शिक्षा, रामकुमार सुब्बालाई सिँचाइ र शान्ता मानवीलाई कृषि मन्त्रालयको जिम्मेवारी थप गरिएको छ ।
उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा रेखा शर्मा, अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, गणेशमान पुन, गिरिराजमणि पोखरेल, उमेश यादव र हरिबोल गजुरेल ओली सरकारमा मन्त्री थिए ।
Source: ekantipur.com
Post a Comment