
राष्ट्रिय टोलीका युवा खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने प्रकाश बुढाथोकी, सरोज दाहाल, विश्वास श्रेष्ठ र मानबहादुर तामाङले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् ।
त्यस्तै कलेजले प्लस टू को अध्ययनका लागि अण्डर सिक्स्टिन राष्ट्रिय टोलीका अन्य १२ सदस्यलाई पनि छात्रबृति प्रदान गरेको क्याम्पस परिषरमा आज आयोजित कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्रप्रसाद कोइरालाले जानकारी दिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पनि सम्मानित गरिएको थियो । सिनियर खेलाडीहरु बिराज महर्जन र रोहित चन्द कार्यक्रममा उपस्थित थिए । क्याम्पस प्रमुख कोइराला, राखेप उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामाटेण्डी शेर्पा लगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
साथै कार्यक्रममा गीताञ्जली कलेजमा १२ कक्षामा अध्ययनरत राष्ट्रिय आर्चरी खेलाडी सुनिता मोक्तानलाई पनि पूर्ण छात्रबृतिको घोषणा गरिएको छ ।
Source: onlinekhabar.com
Post a Comment