
विविसी उर्दुलाई दिएको एक अन्तर्वार्ताका क्रममा सोधिएको थियो कि टिम छनौट गर्दा योग्यतालाई कति महत्व दिइन्छ त अफ्रिदीले भने ‘जुन तरिकाका ट्यालेन्ट अहिले हामीसामु छन् र जसको हवाला दिँदै हामी कुरा गरिरहेका छौं कि पाकिस्तानमा थुप्रै प्रतिभा छन्, माफ गर्नुहोला, वास्तवमा पाकिस्तानी क्रिकेटका लागि जुन स्तरका खेलाडीको आवश्यकता छ, त्यो अहिले छैन ।’
विविसीले पाकिस्तानी महिला टोलीको प्रदर्शन सुधार्न के गर्नुपर्ला भनी गरेको प्रश्नमा अफ्रिदी भन्छन्, ‘पहिला पुरुष टोलीलाई ठीक बनाउनुस्, सोच्नुस् त पुरुष टोलीकै यस्तो हालत छ भने महिला टोलीको अवस्था के होला ?’
आफ्नो सन्यासबारे सोधिएको जिज्ञासामा जवाफ दिँदै अफ्रिदीले भने कि उनी पहिले पाकिस्तानी क्रिकेटको प्रदर्शनमा सुधार ल्याएरमात्र सन्यास लिन चाहन्थे तर त्यस्तो दिन कहिल्यै आएन ।
उनले दावी गरेका छन् कि एक खेलाडीको हैसियदमा उनी अन्य पाकिस्तानी खेलाडीभन्दा निक्कै उत्कृष्ट छन् । उनले यो पनि भनेका छन्, पाकिस्तानी क्रिकेट कन्ट्रोल बोर्डको बारेमा पनि धेरै टिप्पणीहरु छन् तर त्यसबारे उनले केहि बोले तुरुन्तै स्पष्टिकरणको सामना गर्नुपर्नेछ ।
Source: onlinekhabar.com
Post a Comment