काठमाडौं । रुस्लान क्रिकेटले नेदरल्याण्ड भ्रमणमा जान लागेका आफ्ना ब्राण्ड एम्बेसेडरहरुलाई विदाई गरेको छ ।
रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राजबहादुर शाहले शुक्रबार एक कार्यक्रमका बीच नेपाली क्रिकेटरहरुको विदाई गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेष्वाकर, बिनोद भण्डारी र बसन्त रेग्मी उपस्थित थिए ।
कार्यक्रममा ज्ञानेन्द्र मल्लले नेपालमा क्रिकेट विकासमा रुस्लानले पुर्याएको सहायता एवम् समर्थनका लागि धन्यवाद दिए ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलका लागि नेपाली टोली भोलि शनिबार प्रस्थान गर्दैछ ।
Source: onlinekhabar.com
Post a Comment