0
देशका विभिन्न भागमा खोलाले बगाएर पाँच जनाको मृत्यु हुनुको साथै  ६ बेपत्ता भएका छन्।

उदयपुर - रामपुर ठोक्सिला–२ खोरियाटोल बस्ने ४० वर्षीया कालिमाया राईलाई घरबाट रामपुर बजार आउने क्रममा सोही ठाउँस्थित गुहेखोलाले बगाई सोमबार मृत्यु भएको छ ।

सप्तरी - कोबसाइन–४ स्थित बिराटनगर जतुवा बस्ने २३ वर्षीय सुदिपकुमार यादब सोही ठाउँ स्थित रहेको खहरे खोला तर्ने क्रममा खोलाले बगाई सोमबार बेपत्ता भएका छन् । यादबको प्रहरीले खोजतलास गरिरहेको छ ।

गुल्मी - ईश्मा दोहोली–५ बस्ने १८ वर्षीय सन्देश रिजालको आइतबार मामा घर जाने क्रममा निश्ती खोलाले बगाई मृत्यु भएको छ ।

मोरङ - टंकी–३ बस्ने १८ वर्षीय कृष्ण खड्काको घर नजिकै रहेको सिंगिया खोलामा आइतबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सिराहा - बडहरामाल–१ स्थित महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ३० वर्षीय मनोज जोगीको कमला नदी तर्ने क्रममा आइतबार खोलाले बगाई मृत्यु भएको छ । खोलाले बगाएर अन्य २ जना बेपत्ता भएका छन्।

रौतहट - रंगपुर–५ कटानी बस्ने किशोर साहको १४ वर्षीया छोरी ललिताकुमारी साहको नहरमा पौडी खेल्ने क्रममा आइतबार डुबेर मृत्यु भएको छ ।

झापा - कुमारखोद–४ मिलनचोक बस्ने भारत घर भएका १८ वर्षीय कल्लु भन्ने बाबुलाल मर्डी आइतबार साथीभाईसँग माईखोलाको बाढीमा दाउरा निकाल्न गएकोमा खोलाले बगाई बेपत्ता भएको छन् ।

यसैगरी झापा धुलाबारी घर भई झापा गौरादह–५ स्थित मामा घरमा बस्दै आएका २१ वर्षीय अनुप न्यौपाने गेउरिया खोलामा पौडी खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका छन् ।

दाङ - सतबरिया–८ रिहारस्थित राप्ती नदीमा तार्ने क्रममा डुंगा डुबेर दाङ हापुर–६ बस्ने ३६ वर्षीय होम बहादुर बोहोरा बेपत्ता भएका भएका छन् । बेपत्ता व्यक्तिहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Source: dcnepal.com/

Post a Comment

 
Top