0
कस्ले गरायो नेपाल–भारत सीमा–नाका अवरुद्ध ? कस्ले लगायो नाकाबन्दी ? एकमात्र जवाफ हो, भारतीय सरकारले ।
भारतले यस्तो बेलामा नाकाबन्दी गरेको थियो, जतिवेला नेपाल विनासकारी भुकम्पको मारमा पीडा खपिरहेको थियो । ठूलो संख्यामा जनता पालमा बस्न बाध्य थिए । दैनिक गुजाराको समस्यामा थिए नेपाली जनता । यी कुरामा भारत सुरुदेखि नै जानकार थियो ।
भारतीय नाकाबन्दी बुझिनसक्नुको थियो । प्याज, तरकारी र फलफुललाई नाका अवरोध नगर्ने । तर डिजेल, पेट्रोल, औषधी जस्ता दैनिक उपभोग्य बस्नु रोक्ने ? उसको नाकाबन्दीको तरिका हेर्दा लाग्थो , ऊ नेपालीको बाँच्न पाउने अधिकार माथि धावा बोल्दैछ । भु–परिबेष्ठित मुलुकको अधिकार माथि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन त उसले तोडेकै थियो । यसप्रकारका घटना घटाउन क्रियाशीलहरुलाई संसारले अपराधी मान्ने गर्छ । यसअर्थ घटनाका योजनाकार र कार्यान्वयन गराउनेहरु जनता र कानुनको नजरमा अपराधी नै हुन् ।
आखिरमा को–को थिए त सीमा अवरोधक ? अर्थात कस्ले नेतृत्व गरिरहेका थिए त नाकाबन्दीको ? विभिन्न घटनाक्रमले प्रमाणित गरेका ती ५ अभियुक्तहरुको नाम उल्लेख गरिएको छ ।
भारतीय विदेश सचिव एस जयशंकर, नेपालस्थित भारतीय राजदुत र साउथ ब्लक हेर्ने अभय ठाकुरको रिपोर्ट, विश्वास र निर्णयलाई भारतीय सरकारले सदर गरेपछि नेपालमा नाकाबन्दी लागेको हो भन्ने बुझिन्छ । यीनले दिएका अभिब्यक्ति, जिम्मेवारी र विगतमा प्रदर्शन गरेका ब्यवहारले यी तीनका कारण यस्तो अवस्था आएको प्रमाणित भइसकेको छ ।
नेपालमा भारतीय एजेन्टको रुपमा राजेन्द्र महतो र अम्रेशकुमार सिंहले प्रमुख भूमीका निर्वाह गरेको पनि घटनाक्रमले प्रमाणित गरेका छन् । बाबुराम भट्टराई, शेरबहादुर देउवा, शेखर कोइराला, मीनेन्द्र रिजाल, महन्त ठाकुर आदिको गलत रिपोर्ट पनि नाकाबन्दीको कारक मानिन्छ ।
यी हुन् ५ अभियुक्त
१. एस जयशंकर
भारतीय विदेश मन्त्रालयका सचिव हुन् एस जयशंकर । संविधान घोषणा हुने साता नेपाल आएका यी मनुवा नेपाल–भारत सम्बन्ध विगार्नेमा पहिलो नम्मरमा पर्छन् । यिनकै अगुवाइमा भारतले नेपाल माथि हेपाहा र पेलाहा नीति अख्तियार गरेको हो । यिनी संविधान घोषणा रोक्नैकालागी भनेर नेपाल आएका थिए । उनको निर्देशन नमानेकै कारण नाकाबन्दी सुरु गरिएको थियो भनेर बुझ्न अव गारो छैन ।
२. रन्जित रे
नेपाल स्थित भारतीय राजदुत हुन् रन्जित रे (रणजीत राय) । यिनकै गलत रिपोर्टका कारण भारतले नेपाल पेल्ने नीति बनाएको हो भन्ने कुरा विभिन्न घटनाक्रमले प्रमाणित गरिसकेको छ । ‘नेपाली नेता र नेतृत्व भारतीय इशारा मानेर लम्पसार हुने भएकाले मधेसका सम्पूर्ण माग पुरा हुन्छन्’ भनेर मधेसवादी र भारतीय नेतृत्वलाई आशा देखाउने पनि यिनै हुन् । सम्पूर्ण मधेस र मधेसी जनतालाई भारतीय छाप लगाउन खोज्ने यी राजदुत नेपालको इतिहासमा नै सवैभन्दा क्रुर सावित भएका छन् ।
३. अभय ठाकुर
साउथ ब्लकको नेपाल डेस्क प्रमुख हुन् अभय ठाकुर । विगतमा साउथ ब्लकले जे चाहायो नेपालले त्यही गर्दिदै आएकोले ठाकुर हौसिएर लागिपरेको बुझिन्छ । नेपालका हरेक परिवर्तनमा भारतले सहयोग गरिदिएकाले नेपालले पनि मूल्य चुकाउनु पर्छ भन्ने यिनको दवाव रहेको बुझिन्छ । सीमा हेरफेर गरेर कोशी, नारायणी र कर्णालीलाई मधेस प्रदेशमा पार्नुपर्छ भन्ने मुलमन्त्र यिनैले दिएको मानिन्छ । कतिपय विश्लेषकले मधेस आन्दोलनलाई भारतको ‘जल’ इन्ट्रेष्टसँग पनि जोडेर हेर्ने गर्छन् । यसको कार्यान्वयन यिनै ठाकुरले गर्दै आएको बुझिन्छ ।
४. राजेन्द्र महतो
नेपालमा उत्तेजक भाषण र भारतमा गलत रिपोर्ट गर्दै आएका नेपाली नेता हुन् राजेन्द्र महतो । मधेसवाट पहाडिया लखेट्नु पर्छ, सवैले हतियार उठाउनु पर्छ, अव अन्तिम लडाईं लड्ने हो भन्ने प्रकारका भाषणगर्ने महतो नाकामा धर्ना दिएर पहाडियालाई तहसनहस गर्नुपर्छ भन्ने पक्षका नेता हुन् । नाकाबन्दी अझ कडा बनाउँदै लानुपर्छ भन्ने उनको पछिल्लो उद्घोष रहेको छ ।
मधेसी मोर्चामा नाकाबन्दीको एजेन्डा पास गराउने श्रेय उनैलाई जान्छ । अंगिकृत नागरिकता लिएकाले राज्यका सवै पदमा पुग्न पाउनु पर्छ भन्ने माग उनैको प्रस्ताव हो । महतोले ०२८ सालमा भारतवाट आएर अंगिकृत नागरिकता लिएका हुन् ।
अम्रेसकुमार सिंह
नेपाली कांग्रेसका युवा नेता हुन् अम्रेसकुमार सिंह । राजेन्द्र महतो शैलीको भाषणगर्ने यी नेता आफूलाई भारतीय संस्थापनको सवैभन्दा नजिकको विश्वासपात्रभनि परिचय दिन्छन् । प्रधानमन्त्रीको चुनावमा मधेसी दललाई सुशील कोइरालाको पक्षमा भोट दिलाउन काठमाण्डौं ल्याउने श्रेय उनैलाई जान्छ । मधेसी दलको आन्दोलनलाई सफल वनाउन नाकाबन्दीमा परिणत गर्नुपर्छ भन्ने संदेश उनैले बोकेर ल्याएको मानिन्छ ।
भारतीय आक्रोसका कारण
१. नेपाली नेताहरुले निर्देशन मानेनन् ।
– हरेक विषय भारतको निर्देशनमा फत्ते गर्ने परम्परामा ब्रेक लगाए ।
– ‘एस म्यान’ हुन चाहेनन् ।
– अर्राष्ट्रिय मागलाई पुरागर्न चाहेनन् ।
२. प्रदेश नं २ मा कोशी र नारायणी पारेनन् ।
– नारायणी नदीको त्रिबेणी र कोशी नदीलाई भारत २ नं प्रदेशमा राख्न चाहान्छ । जो मधेसवादी क्षेत्रीय दलहरुको पकडमा हुनेछ ।
– मधेसलाई दुई प्रदेश पारेर कर्णालीलाई पनि मधेसकै हिस्सा वनाउने ।
३. नेपाली सेनामा मधेसी समूदाय पर्ने कानुन बनाएनन् ।
– आफूले सेनामा मधेसी समूदायलाई नलिएपनि नेपालमा चाहिं सामूहिक रुपमा प्रवेश गराउन चाहान्छ, भारत । जो अहिले ब्यवस्था हुन सकेन ।
४. नागरिकतामा खुकुलोपन भएन ।
– भारतवाट छिरेकाहरुलाई खुकुलोगरी नागरिकता बाड्न चाहान्छ, भारत । जो कानुनमा ब्यवस्था हुन सकेन ।
५. नेपाललाई फिजी करण गर्ने संभावनामा तगारो लगाए ।
– अंगिकृत नागरिकलाई विशिष्ट पद दिएर पकड जमाउन चाहान्छ, भारत ।
– जनसंख्याको आधारमा निर्वाचन क्षेत्र काटेर ७० प्रतिसत प्रतिनिधि मधेसवाट गराउने भारतको अर्को चाहाना हो ।
(स्रोत – tajareport.com)

Post a Comment

 
Top