0
 बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक जनालाई पक्राउ गरेको छ ।
थुकिम्बा ४ बस्ने ७ वर्षीया बालिकालाई ललाई फकाई मकैबारीमा लगेर बलात्कार गरेको अभियोगमा सोहि गाविसका २० बर्षीय बुद्धबिर चोङबाङलाई प्रहरीले पक्राउ गरेको हो ।
चोङबाङले आइतबार बालिकालाई बलात्कार गरेको अभियोग टछ । घटनापछि फरार रहेका उनलाई प्रहरीले सोमबार थुकिम्बा-६ स्थित जंगलबाट पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Post a Comment

 
Top