0

हिलारी क्लिनटन अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट राष्ट्रपति चुनावको उमेदवार बन्ने पहिलो महिला बनेकी छिन् ।
फिलाडेल्फियामा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिले हिलारी क्लिनटनलाई आफ्नो पार्टीको आधिकारीक उमेदवार चयन गरेका हुन् ।
हिलारी अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिनटनकी पत्नी हुन् ।
नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हिलारीको रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय सम्मेलनको पहिलो दिन बर्नी सेडर्सका समर्थकले हिलारी क्लिन्टनको दावेदारीको बिरोध गरेका थिए । तर, पार्टी अधिकारीले विरोध शान्त गर्दै समस्या समाधान गरेका थिए ।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवारका लागि बर्नी सेडर्स पहिला हिलारीका प्रतिद्वन्द्वी थिए । तर, पछि उनले समर्थन गरे ।

Post a Comment

 
Top