
बिमा समितिले उसअघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो । यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो ।
समितिले शुक्रबार मोटर विमासमबन्ध निर्देशिका संशोधन गर्दै ५ लाख क्षतिपूर्तिको व्यवस्था गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
यसअघि सवारी दुर्घटनामा पर्दा यात्रु र तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम फरक फरक रहेकोमा समितिले एउटै दर कामय गरेको समितिका निर्देशक श्रीमान् कार्कीले जानकारी दिए ।
नयाँ व्यावस्था आगामी १ साउनदेखि कार्यान्वयानमा आउनेछ ।
Source: onlinekhabar.com
Post a Comment