वर्तमान विश्वमा हरेक फुटबलरको इच्छा मेस्सीजस्तै बन्ने छ । तर सबै मेस्सी बन्न सक्दैनन् । तर १० डलरभन्दा कम मुल्य तिरेर समर्थकहरुले बार्सिलोनामा मेस्सी र उनको परिवारले खोलेको रेष्टुरेन्टमा अर्जेन्टाइन खाना खान सक्नेछन् ।
लियोनल मेस्सी, उनका दाइ रोड्रिगो र बहिनी मारिसोल मिलेर क्याटलानको राजधानी बार्सिलोनामा स्वादिष्ट भोजन र पेय पदार्थ पाइने ‘येल बेलाभिस्ता डेल जर्डिन डेल नोर्टे’ नाम रेष्टुरेन्ट खोलेका छन् ।
यस रेष्टुरेन्टको स्वामित्व रोडि्रगोको नाममा छ । बार्सिलोनाको सिटी सेन्टर नजिकै रहेको इनरिक गार्डेन स्ट्रीटमा अवस्थित यस रेष्टुरेन्ट भविश्यमा चर्चित गन्तव्य बन्ने विश्वास मेस्सी दाजुभाइले गरेका छन् ।
भोकाएका समर्थकहरुले हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको यस रेष्टुरेन्टमा नास्ता, बिहानको खाना र बेलुकाको खाना खान पाउनेछन् ।
र मेस्सीका अनुकरण गर्ने समर्थकहरुका लागि कम्तिमा मेस्सीलाई मन पर्ने खानाहरुको सूची मेनुको सुरुवातमै उल्लेख गरिएको छ ।
खवरका अनुसार रेष्टुरेन्टमा मेस्सीको गृहनगर रोसारियोलाई अत्यत्नै श्रद्धापूर्वक स्थान दिइएको छ । यो स्थानीय ग्राहकलाई प्रेरित गर्ने एक रणनीतिको रुपमा धेरैले बुझेका छन् ।
Source:onlinekhabar.com
Post a Comment