राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगितामा पाँच खेल समावेश छन् । प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष/महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने छ ।
भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी हुनेछन् । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने छ ।
Source: onlinekhabar.com
Post a Comment