0
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली टोलीसँग खेल्ने टोलीको घोषणा गरेको छ ।
नेपाल र एमसीसीबीच जुलाई १९ अर्थात साउन ४ गते लर्ड्समा खेल हुनेछ । उक्त खेलका लागि एमसीसीले प्लेइङ ११ नै घोषणा गरेको छ ।
र, टिममा ग्लेन फिलिप्स पनि छन् ।
उनले हालै मात्र यू-१९ विश्वकपमा नेपालविरुद्ध न्यूजिल्याण्डबाट खेल्दै ५२ रन बनाएका थिए । उनले सन्दिप लामिछानेको सात बल सामना गर्दै ४ रन जोडेका थिए ।
समूह चरणको उक्त खेलमा नेपाल युवा टोली ३२ रनले विजयी भएको थियो । अब लर्ड्समा सन्दिप र उनको भेट हुने लगभग पक्का छ ।
ग्लेन फिलिप्स एमसीसीका युवा क्रिकेटर हुन्, जसले एक ओभरमा छ छक्का हानेका थिए । मे २४ मा डुक अफ नर्थ फोल्क ११ विरुद्ध भएको उक्त खेलमा उनले दोहोरो शतक पुरा गरेका थिए ।
एसीसीसीको टोलीको कप्तानीको जिम्मा भने किथ डचलाई दिइएको छ ।
बेलायत भ्रमणका लागि नेपालले कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । जसमा सन्दीप पनि परेका छन् ।

Post a Comment

 
Top