
उनीहरुको प्रश्न यसकारण स्वाभाविक हो । किनकी गैरसरकारी पात्रोहरुमा बुधबार ईदको सार्वजनिक विदा लेखिएको छ । कतिपय निजी कार्यालय र स्कुलहरुले विदा पनि दिएका छन् ।
तर, सरकारको अहिलेसम्म कुनै निर्णय गरेको छैन । ईदको विदाबारे सोध्दा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले अहिलेसम्म निर्णय नभएको बताए ।
उनले अघि भने, आज साँझ आधा चन्द्रमा देखियो भनेर मुस्लिम समुदायले निवेदन दिएमा आजै निर्णय गरेर भोलि सार्वजनिक विदा दिन्छ । त्यस्तो जानकारी नआए भोलि विदा हुँदैन ।’
Source: onlinekhabar.com
Post a Comment