
अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् ।
पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताए ‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ“ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’, उनले भने । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
डिन कार्यालयमा डा. केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरूको बैठकले अनसन नबस्न आग्रह गरेको हो । बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ । बैठकको उपस्थिति पुस्तिकामा डा. केसीले पनि हस्ताक्षर गरेका छन् ।
आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए । ‘हामीले उहाँलाई सकेसम्म अनशन नबस्न भन्यौँ । यदि बस्ने नै हो भने आइओएम हाताभित्र नबस्न आग्रह गरेका छौँ,’ डा. खड्काले भने ।
बैठकमा सहभागी प्याथोलोजी डिपार्टमेन्ट प्रमुख डा. विनयशमशेर जबराले अनशनका मागसँग कसैले सरोकार नराखेको, तर सबैको भनाइ तत्काल अनशन बस्न नहुने र बसे पनि आइओएम परिसरबाहिर बस्न सुझाब दिएको बताए ।
Source: onlinekhabar.com
Post a Comment