
महोत्सवलाई सफल बनाउन सिड्नीमा एनआरएन अष्ट्रेलियाले एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सिड्नीका सबै समुदाय र संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मूलुक चिनाउने महोत्सव भएकाले यसलार्इ सफल बनाउन सबै नेपालीको दायित्व रहेको बताए । ‘महोत्सव नेपाली र नेपालीको पहिचानसँग जोडिएकाले यसको सफलता र असफलता हामीसँगै जोडिने गर्दछ’, उनले भने ।
कार्यक्रममा चर्चित साङ्गितिक ब्यान्ड नेपथ्यको समेत प्रस्तुति रहने एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश पोखरेलले जानकारी दिए । कार्यक्रमका संयोजक पोखरेलले समाजका सबै बर्ग र तह र तप्काको राय सुझाव र सल्लाह लिएर अगाडि बढन कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।
कार्यक्रममा आइसीसी सदस्य बालचन्द्र भट्टराईले अस्ट्रेलियामा नेपाल र नेपालीको पहिचान बनेको यो महोत्सव आफैमा नेपालीको एउटा चाड भएको बताए ।
जनसम्पर्क समितिका तर्फवाट बोल्दै संस्थापक दिनेशराज जोशीले कार्यक्रमको आयोजना महत्वपूर्ण बिषय भएकाले अनि मूलुकसंग जोडिने संवेदनशिलतालाई ख्याल गरेर कार्यक्रमको रूपरेखा तयार गर्नु पर्ने कुरा तर्फ जोड दिए ।
चितवन समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले यो सिड्नीबासी नेपालीको चाड भएको कारण पनि यसलाई यसको उद्देश्य अनुरूप सफल बनाउन लाग्नु पर्ने कुरा बताए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्बअध्यक्ष महेन्द्र ओली, एनआरएनका सदस्य राजकुमार अधिकारी, प्रवक्ता ज्ञानेन्द्र रेग्मी, रूपन्देही समाजका अध्यक्ष राज खनाल, नेपाल अस्ट्रेलियन यूथ एशोसिएसनका अध्यक्ष कोमल पाठक, झापाली समाजका कोषाध्यक्ष अजय राजवंशी, चलचित्र निर्देशक मनोज अधिकारी, भिष्म ओली लगायतले महोत्सवको आयोजना र सफलताका बारेमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।
एनआरएनका पूर्ब आइसीसी सदस्य तथा समाजिक अभियन्ता निरज श्रेष्ठले महोत्सवको मूल उद्देश्य भनेको नेपाललाई अस्ट्रेलियामा चिनाउने रहेकाले सबैले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
जनसम्पर्क समितिका कृष्ण गिरीले कार्यक्रमको प्रारूपका बारेमा छलफल चलाउनु र धारणा समेटनु सकारात्मक रहेको भन्दै यसको मूल मर्म र उद्देश्यमा भने चुक्न नहुने बताए ।
एनआरएन अस्ट्रेलियाले यो महोत्सव अस्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, ब्रिसबेन र मेलवर्नमा लगायतका शहरहरूमा आयोजना गर्दै आएको छ । एनआरएन अस्ट्रेलियाको प्रमुख कार्यक्रमका रूपमा रहेको यस महोत्सवमा करिब पचास हजार नेपालीका साथै लाखौ बिदेशीहरूको सहभागिता रहनेभएको छ । सिड्नीमा यो कार्यक्रम नोभेम्बर २६, ब्रिसबेनमा नोभेम्बर १२ र मेलबर्नमा डिसेम्बरमा आयोजना हुने छ ।
Source: onlinekhabar.com
Post a Comment